समाज


यातायातपछि मालपोतको पनि चलेन सर्भर

यातायातपछि मालपोतको पनि चलेन सर्भर

नेपालखबर
असार २०, २०८२ शुक्रबार १५:३९, काठमाडौँ

भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयमा सर्भरको समस्या आएको जनाएको छ। विभागका निर्देशक खिमानन्द शर्माका अनुसार ४ दिनयता समस्या बढेर सर्भरले काम गरेको छैन। 

'समस्या बेलाबेलामा आइरहन्थ्यो। केहीदिन यता समस्या अलि बढि भयो। आज झन समस्या देखियो,' शर्माले नेपालखबरसँग भने, 'सर्भरले राम्रो पर्फर्मेन्स त नदिएको धेरै नै भयो। यसपटक समस्या पनि लामो भयो। कतै एक ठाउँमा समस्या आउँदा सबै ठाउँमा काम नहुने भइदियो। हाम्रो प्राविधिक साथीहरू यसलाई समाधान गर्न लागिरहनु भएको छ।' 

उता यातायात व्यवस्था विभागले त सार्वजनिक सूचना नै जारी गरेर सवारी चालक अनुपत्रसमबन्धी कामकाज अनिश्चितकालीन रुपमा ठप्प भएको जानकारी गराएको छ। सवारी चालक अनुमतिपत्रको प्रणालीमै समस्या आएपछि सेवाहरू बन्द भएको विभागको सूचनामा उल्लेख छ।

'असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा ‍(ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली)हरूको सबै सेवाहरू बन्द भएको व्‍यहोरा जानकारी गराइन्छ’ विभागद्वारा सार्वजनिक सूचनामा उल्लेख छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad