समाज


सरकारले बाल श्रमिकको आधिकारिक तथ्यांक अध्ययन गर्ने

सरकारले बाल श्रमिकको आधिकारिक तथ्यांक अध्ययन गर्ने

नेपालखबर
असार २०, २०८२ शुक्रबार १४:५४, काठमाडौँ

सरकारले नेपालमा रहेका बाल श्रमिकहरूको आधिकारिक तथ्यांक अध्ययन गर्ने भएको छ।

शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो। 

कार्यक्रममा बोल्दै प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले यस वर्ष कार्यालयले बालश्रमको अध्ययन गरेर तथ्यांक सार्वजनिक गर्ने बताए।

उनले श्रम क्षेत्रमा बालश्रम कति छ? भन्नेकुराको अध्ययन हुने र त्यसमा पनि नेपालकै बालश्रमिक र नेपालमा आएर काम गर्ने भारतीय बाल श्रमिकहरूको छुट्टा छुट्टै तथ्यांक निकाल्ने बताए। बालश्रमलाई छुट्याउन ढिलो भइसकेको उनको भनाइ छ । 

उनले भने,  ‘बालश्रममा धेरै संख्या घरको काम कारबाही गर्नेमा छन्। तीन महिना भन्दा कम अवधि काम गरेको मान्छेहरू छन्। स्कुल बिदा भएको बेलामा घरमा काम गर्ने मान्छेहरू छन्। उनीहरूले पैसा नै पाउँदैनन्। यसपालि हामी श्रमको तथ्यांक निकाल्दै छौँ। त्यसले श्रम क्षेत्रमा बालश्रम कति छ? त्यसलाई हामी छुट्याएर निकाल्छौँ। नेपालकै मान्छे बालश्रम कति छन्, भारतबाट आएका कति छन्। बालश्रमलाई छुट्याउन ढिलो भइसकेको छ।’

घरमा सघाएको कुरालाई बालश्रम ठान्न नहुने उनले बताए। 

प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले आर्थिक उपार्जनकै लागि काम गरेकोलाई मात्रै श्रम भन्नुपर्ने स्पष्ट पारे।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad