समाज


नेपालको सहरी जनसंख्या २७ प्रतिशत, उपत्यकामा इन्टरनेटको पहुँच ७८ प्रतिशतमा

नेपालको सहरी जनसंख्या २७ प्रतिशत, उपत्यकामा इन्टरनेटको पहुँच ७८ प्रतिशतमा

नेपालखबर
असार २०, २०८२ शुक्रबार १३:५९, काठमाडौँ

नेपालमा सहरी जनसंख्या २७ प्रतिशत पुगेको छ। शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो। 

सहरी जनसंख्या वागमती प्रदेशमा सबैभन्दा बढी ५६ प्रतिशत सहरी जनसंख्या बसोवास गर्ने गरेको छ। काठमाडौँ उपत्यकामा ९१.७ प्रतिशत सहरी क्षेत्रमा बसोवास गर्दछन्। 

सहरीकरण प्रायः खेतीयोग्य जग्गामा भइरहेको तथ्यांकले देखाएको छ। सुदूरपश्चिममा झन्डै १७ प्रतिशत खेतीयोग्य जग्गा सहरीकरणका कारणले घटेको जनसंख्या शाखाका निर्देशक राजन सिलवालले बताए। 

सुदूरपश्चिम, गण्डकी, कर्णाली प्रदेशमा खेतीयोग्य जग्गा थोरै भएको र भविष्यमा ठूला ठूला सहरीकरणका सम्भावनाहरु यि प्रदेशमा कम हुनसक्ने आँकलन गरिएको बताए। 

महानगरहरुमा भाडामा बसोवास गर्नेहरुको संख्या धेरै (करिव ४३ प्रतिशत) रहेको बताए। गाउँपालिकामा भाडाका घरमा बसोवास गर्ने परिवार संख्या २.६ प्रतिशत मात्रै रहेको तथ्यांकले देखाएको बताए।

सहरी क्षेत्रमा इन्टरनेटको पहुँच
इन्टरनेटको पहुँच काठमाडौँ उपत्यकामा झन्डै ७८ प्रतिशत भन्दा माथि रहेको देखिएको छ। सहरीकरण हुँदै जाँदा व्यक्तिहरुको इन्टरनेटमा पहुँच पनि विस्तर हुँदै गइरहेको तथ्यांकले देखाएको बताए। आर्थिक रुपमा सक्रिय जनसंख्या पनि विस्तारै बढ्दै गएको उनले बताए। 

सहरीकरणसँगै आफ्नै घरमा बस्ने भन्दा भाडका घरमा बस्ने परिवारहरुको संख्या बढी रहेको छ। सहरीकरण वागमती, कोसी, मधेस र लुम्बिन्धी प्रदेशमा क्रमशः बढी रहेको छ। जनगणना २०७८ अनुसार प्रत्येक ४ वटा नगरपालिकामध्ये एउटामा ऋणात्मक जनसंख्या वृद्धि रहेको पाइएको छ। 

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad