समाज


उपभोक्ता अदालतको अवहेलनामा चिकित्सक संघका महासचिवलाई ७ दिनभित्र जवाफ दिन आदेश

उपभोक्ता अदालतको अवहेलनामा चिकित्सक संघका महासचिवलाई ७ दिनभित्र जवाफ दिन आदेश

नेपालखबर
असार १९, २०८२ बिहिबार १७:५५, काठमाडौँ

उच्च अदालत पाटनले नेपाल चिकित्सक संघका महासचिव डा सञ्जीव तिवारीलाई ७ दिनभित्र उपस्थित हुन आदेश दिएको छ। 

न्यायाधीशद्वय श्याकुमार भट्टराई र हेमन्त रावलको संयुक्त इजलासले उपभोक्ता हित संरक्षण मञ्चले दायर गरेको निवेदनमा कारण देखाउ आदेश जारी गरेको हो।

डा तिवारीलाई ७ दिनभित्र अदालतमा आफैँ उपस्थित भई अवहेलनाको कसुरमा सजाय किन गर्नु नपर्ने हो भन्ने कारण र प्रमाणहरू पेस गर्न आदेश जारी गरेको हो।

उपभोक्ता अदालतले अस्पताल र चिकित्सकको लापरबाहीमा गरेको सजायसम्बन्धी फैसलापछि डा तिवारीले दिएका अभिव्यक्ति र नेपाल चिकित्सक संघको लेटरहेडमा महासचिव डा तिवारीका नाममा जारी भएका विज्ञप्तिका आधारमा मञ्चले अवहेलना मुद्दा दायर गरेको थियो। 

उपभोक्ता अदालतले उपचारमा लापरबाही भएको भन्दै ग्रान्डी सिटी, हिमाल र ओम अस्पताललाई क्षतिपूर्ति तिराउने गरी फैसला गरेको थियो। 

अदालतको फैसलापछि चिकित्सक संघले विरोध जनाउँदै आन्दोलन सुरु गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad