समाज


जिपले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, जिप चालक भागे

जिपले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, जिप चालक भागे

दिपेन्द्र चन्द


नेपालखबर
असार १८, २०८२ बुधबार ७:१२, कञ्चनपुर

कञ्चनपुरमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

भीमदत्त नगरपालिका- १५ गोबरियाका ४० वर्षीय दिपेन्द्र चन्दको दुर्घटनामा मृत्यु भएको हो। चन्दले दैजीमा हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार मंगलबार राति बेदकोट नगरपालिका दैजीस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र.०४–००१ च ००१३ नम्बरको बोलेरो पिकअप जिपले विपरित दिशाबाट आउँदै गरेका चन्द सवार स्कुटरलाई ठक्कर दिएको थियो। 

जिपले इलेक्ट्रोनिक स्कुटरलाई ठक्कर दिँदा चन्द गम्भीर घाइते भएका थिए। उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा उपचारको क्रममा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।

जिपधनी बेदकोट नगरपालिका- ३ सामादैजीका वीरेन्द्र महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिप चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad