समाज


बालिकाको बलात्कारपछि हत्या अभियोग: पाँच वर्षपछि पक्राउ परे पतिपत्नी

बालिकाको बलात्कारपछि हत्या अभियोग: पाँच वर्षपछि पक्राउ परे पतिपत्नी

नेपालखबर
असार १७, २०८२ मंगलबार १२:५७, महाेत्तरी

महोत्तरीमा ६ वर्षीया बालिका गुलबसा खातुनको बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहर भएका पतिपत्नी पाँच वर्षपछि पक्राउ परेका छन्। 

बालिकाको बलात्कारपछि हत्य भएको घटनामा अदालतबाट दोषी ठहर भएका भई फरार रहँदै आएका बर्दिबास-१४ का ६० वर्षीय राजकिशोर साह र उनकी ५१ वर्षीया पत्नी  सुशिला देवी पक्राउ परेका हुन्। 

लामोसमयदेखि भारतमा लुकेर बस्दै आएका उनीहरुलाई नेपालमा आफन्तलाई भेट्न आएको मौकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

उनीहरुलाई अपहरण, शरीर बन्धक र जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरेको थियो।  

बालिका गुलवसा खातुनलाई घरबाट चकलेट किन्न भएको बेला २०७७ मंसिर ७ गते स्थानीय २६ वर्षीय अरुणकुमार साहले अपहरण गरेका थिए। 

त्यसपछि बालिकाको बलात्कारपछि हत्या भएको थियो। अरुणकुमार राजकिशोर शुशिलाका छोरा हुन्। 

सो घटनाको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा त्यतिबेला एक जनाको मृत्युसमेत भएको थियो। अरुणकुमारलाई प्रहरीले त्यतिबेलै पक्राउ गरेको भए पनि उनका बुवाआमा भने फरार थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad