समाज


कोइला बोकेको लहरी दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

कोइला बोकेको लहरी दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

नेपालखबर
असार १७, २०८२ मंगलबार ८:११, काठमाडौँ

मकवानपुरको हेटौँडामा लहरी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

पूर्वपश्चिम राजमार्गमा पर्ने हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा आज बिहान यूपी६१एटी ०९६२ नम्बरको कोइला बोकेको लहरी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुले जनाएको छ। 

दुर्घटनामा भारतको गाजिपुर जिल्ला पुरैनियाका करिब ४५ वर्षीय महेन्द्र यादवको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।

ब्रेक फेल भएर लहरी दुर्घटना हुँदा यादव भित्रै च्यापिएका थिए। बिहान करिब ५ बजे दुई क्रेनको सहयोगमा उद्धार गरी उनलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएको थियो। 

दुर्घटनामा लहरीका सहचालक भारतकै गाजिपुर निवासी मनोज यादव घाइते भएका छन्। भारतको बनारसबाट रिद्धिसिद्धि सिमेन्ट उद्योगका लागि कोइला बोकेर आउँदै गरेको जहरी दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad