समाज


बाढी महाशाखाले भन्यो: काठमाडौँसहित यी ३९ जिल्लामा आज उच्च सतर्कता अपनाउनू

बाढी महाशाखाले भन्यो: काठमाडौँसहित यी ३९ जिल्लामा आज उच्च सतर्कता अपनाउनू

नेपालखबर
असार १६, २०८२ सोमबार ९:४८, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार १६, सोमबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

बाढी महाशाखाका अनुसार आज कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू, साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, र बबई नदीको जलसतह सतर्कता तह तलै रहने देखिए पनि बढ्ने सम्भावना रहेकाले ती नदीका तटीय क्षेत्रमा सतर्कता आवश्यक छ। 

जिल्लाका हिसाबले चाहिँ आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च छ। यसैले ती जिल्लाका खोला/नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

साथै आज कास्की, लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, बागलुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रुकुमपश्चिम, सल्यान, कपिलवस्तु, अर्घाखाँची, जाजरकोट, कालिकोट, मुगु, दैलेख, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ। अत: ती जिल्लाका नदी तटीय क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन जरुरी रहेको सूचना बाढी महाशाखाले दिएको छ। 

बाढीको मध्यम जोखिम देखिएका माथिका ३९ जिल्लालाई बाढी महाशाखाले पहेँलो रङ दिएको छ। 

अनि संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब पनि आज उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम देखिएको छ। यसकारण यी जिल्लाका नदी तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन आवश्यक रहेको बाढी महाशाखाले जनाएको छ। 

माथि पहेँलो रङ लगाइएका ३९ जिल्लामा निम्न क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ। 

-पहाडी तथा चुरे क्षेत्रका भिरालि तथा पहिरोग्रस्त क्षेत्रका बस्तीहरू

-नदी किनार तथा खोला आसपासका बस्तीहरू

-मुख्य तथा सहायक सडक यातायात

-जलविद्युत् आयोजना तथा नदी क्षेत्रमा निर्माणाधीन संरचना

-कृषि क्षेत्र तथा सिँचाइ प्रणाली

हेर्नुहोस् बाढी महाशाखाको बुलेटिन:

यो पनि : देशका अधिकांश स्थानमा पानी पर्ने, यी प्रदेशमा ठूलो वर्षा हुने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad