समाज


प्रकाशित भयो एसईईको नतिजा

प्रकाशित भयो एसईईको नतिजा

नेपालखबर
असार १३, २०८२ शुक्रबार १९:४२, काठमाडौँ

गत वर्ष चैतमा सम्पन्न एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको हो। 

गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसईईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना थिए।  

एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत जानकारी दिए। उनका अनुसार गत वर्षभन्दा धेरै विद्यार्थी ग्रेडमा समावेश भएका छन्। गत वर्ष ४७ प्रतिशत मात्रै ग्रेडमा समावेश भएका थिए। 

परीक्षार्थीले बोर्डको वेबसाइट https://www.neb.gov.np/ बाट  एसइईको नतिजा हेर्न सक्छन्। यस्तै, टेलिफोन वा मोबाइल फोनबाट १६०० डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर राखेर पनि हेर्न सक्नेछन्। विद्यार्थीले साँझ ९ बजेपछि मात्रै सिस्टमबाट नतिजा थाहा पाउन सक्नेछन्। 
  

यसवर्ष एसईईको नतिजा असार ७ गते प्रकाशित हुने भनेर मिति तोकिएको थियो। तर, शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएपछि कापी जाँच प्रभावित भएको थियो। शिक्षकहरूले कापी जाँचसमेत नगरी आन्दोलन चर्काएका थिए। 

लामो आन्दोलनपछि शिक्षक र सरकारबीच सहमति जुटेको थियो। त्यसपछि बल्ल शिक्षकहरू कापी जाँचका लागि तयार भएका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad