समाज


टिपरले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

टिपरले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

नेपालखबर
असार १३, २०८२ शुक्रबार १५:२६, पोखरा

कास्कीका टिपरले स्कुटरलाई ठक्कर दिँदा महिलाको ज्यान गएको छ। 

पोखरा महानगरपालिका–१७ छोरेपाटनमा ग.क ३४४५ नम्बरको टिपरले ग.२६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्याङ्जाको फेदीखोला गाउँपालिका–१ सर्केटारी बस्ने ४२ वर्षीया मिना क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad