रौतहटको गौर नगरपालिका–१ भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको रकम १० लाख ४ हजार ५ सय रूपैयाँ सहित एक व्यक्ति पक्राउ परेका छन्।
सोही नगरपालिका–१ ट्रान्सफर्मर चोक बस्ने ३० वर्षीय मोहम्मद करमान अलीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उक्त स्थानबाट खटिएको प्रहरीले भारतको बैरगनियाबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एई ६७०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको सिट मुनि र हेल्मेटमा लुकाई छिपाई राखेको उक्त नगद फेला परेको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ।
267
Shares

प्रतिक्रिया