समाज


लागु औषध नियन्त्रण गर्न छुट्टै विभाग स्थापना गर्ने गृहमन्त्री लेखकको घोषणा

लागु औषध नियन्त्रण गर्न छुट्टै विभाग स्थापना गर्ने गृहमन्त्री लेखकको घोषणा

नेपालखबर
असार १२, २०८२ बिहिबार ११:५३, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले लागु औषध नियन्त्रणका लागि छुट्टै लागु औषध नियन्त्रण विभाग गठन गर्ने घोषणा गरेका छन्।

बिहीबार काठमाडौँमा आयोजित लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धकोअन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताए।   

‘लागुऔषध नियन्त्रण गर्नका लागि आगामी आर्थिक बर्षमा गृह मन्त्रालय अन्तर्गत लागु औषध नियन्त्रण विभाग स्थापना गरिनेछ,’ गृहमन्त्री लेखकले भने, ‘गृहमन्त्रालयले लागु औषध नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम, रोकथाम र सजायलगायतका कार्यक्रमहरु अघि बढाएको छ।’

लागु औषधसेवन दुव्यर्वसन कारण सडक दुर्घटना, आत्महत्या, साइबरक्राइम लगायतका घटनाहरु हुने गरेको बताए। ‘मुख्य विषय भनेको यसको रोकथामन हो,’ लेखकले भने, ‘जनचेतनामहत्वपूर्ण विषय हो। लागु औषधको दुरुपयोगले समाजलाई समाजलाईभयावह ढंगले प्रभावित गरेको छ। लागुऔषध नियन्त्रणकालागि समाज, घर, टोल र विद्यालयसम्म पुगेर सचेतनामुलक कार्यक्रम आवश्यक छ।’
  

लागु औषध नियन्त्रणको अभियानमा सहयोग गर्न आग्रह गर्दै मन्त्री लेखकले सरकारको प्रयासले मात्रै नियन्त्रण कठिन रहेको बताए। ‘एक लाख ३४ हजारजना लागु औषध सेवनककर्ता रहेको तथ्यांक छ,’ उनले भने, ‘समाज नराम्रोसित प्रभावित हुदैछ।मुलुकभरका कारगाराका कैदीबन्दीहरु मध्ये दोस्रो ठुलो संख्यामा लागु औषध दुव्यर्वसन ओसारपसार, भण्डार गर्नेहरुको संख्या छ। यसबाट पनि यसकोअवस्था प्रष्ट हुन्छ।’

दिवसका अवसरमाआयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दीपक थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र विभिन्न सरोकारवाल निकाय, सरकारीतथा गैरसरकारी संस्थाहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad