सामान्य प्रशासन मन्त्रालय मातहतको राष्ट्रिय किताबखानाले शिक्षकहरुलाई आफ्नो सम्पत्ति विवरण बुझाउन सूचित गरेको छ।
आज सूचना जारी गर्दै किताबखाना (शिक्षक)ले आर्थिक वर्ष २०८१/०८२ को सम्पत्ति विवरण बुझाउन शिक्षकहरुलाई आग्रह गरेको हो।
शिक्षकहरुले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण किताबखानामा पेस गर्नुपर्ने कानुनी प्रावधान छ।
हेर्नुहोस् सूचना

444
Shares

प्रतिक्रिया