स्पेनमा बिहीबारसम्म १ लाख ४८ हजार २२० जनामा कोरोनाको संक्रमण देखिएको छ। त्यहाँ १४ हजार ७९२ को मृत्यु भइसकेको छ।
स्पेन अमेरिकापछि कोरोनाले सबैभन्दा बढी ग्रस्त बनेको मुलुक हो। प्रधानमन्त्री पेड्रो सान्सेजले बिहीबार स्पेन कोरोनाको चरण अवस्थामा रहेको र चाँडै यसको प्रभाव कम हुने बताए।
उनले देशमा लगाइएको लकडाउन चरणवद्ध रुपमा चाँडै खुला हुने पनि जानकारी दिए।
बिहीबार सान्सेजले संसदलाई अप्रिल २६ सम्म देशमा आपतकालीन अवस्था लागू गर्न समेत आग्रह गरेका छन्। एजेन्सी
प्रतिक्रिया