कोरोना भाइरसको महामारीका कारण उत्पन्न संकटलाई ध्यान दिदैँ सन् २०१९ की मिस इंग्ल्याण्ड भाषा मुखर्जीले ताज उतारेर आफ्नो पुरानो चिकित्सक पेशामा फर्किएकी छिन्।
भारतीय मुलकी भाषा ब्रिटिस नागरिक हुन्। उनको बाल्यकाल कोलकत्तामा बितेको हो। उनी ९ वर्षको हुँदा परिवारसहित इंग्ल्याण्ड गएकी थिइन। उनी अगष्ट २०१९ मा मिस इंग्ल्याण्ड चुनिएकी थिइन्।
मिस इंग्ल्याण्ड चुनिनुअघि उनी बोस्टनको पिलग्रिम अस्पतालमा जुनियर डाक्टर थिइन। मिस इंग्ल्याण्ड चुनिएपछि विश्वभर मानवीय कार्यमा व्यस्त थिएन्।
सिएनएनमा दिएको एक अन्तर्वार्तामा भाषाले इंग्ल्याण्डमा कोरोना भाइरस फैलिरहेको र आफूले पुनः अस्पताल फर्कने निर्णय लिएको बताइन्।
उनले मिस इंग्ल्याण्डको मानवीय सहयोगको यात्रा अझै धेरै देशमा गर्न बाँकी रहेपनि देशलाई यतिबेला आफ्नो जरुरत रहेकाले काममा फर्किएको बताएकी छिन्।
प्रतिक्रिया