काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा स्कुटरलाई ठक्कर दिई फरार गाडी चालकलाई प्रहरीले पक्राउ गरेको छ। बनेपा नगरपालिका-७ स्थित गोदाम चोकनजिकै पनौती सडकखण्डमा पनौतीबाट बनेपातर्फ आउँदै गरेको ना ४ च ५९४५ नम्बरको योद्धा गाडीले विपरीत दिशाबाट जाँदै गरेको बा प्र ०२-०२३ प ६०२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
शनिबार भएको दुर्घटनामा स्कुटर चालक तेमाल गाउँफालिका-१ घर भई बनेपा सातमा बस्दै आएका ४४ वर्षका ज्ञानध्वज तामाङ गम्भीर घाइते भए।
गम्भीर घाइते तामाङको शीर मेमोरियल अस्पताल बनेपामा उपचारकको क्रममा ज्यान गएको छ।
दुर्घटनापछि फरार रहेका गाडी चालक धनुषाको जनकपुर उपमहानगरपालिका-२ का २४ वर्षका विपिन यादवलाई प्रहरीले सोमबार जनकपुरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ। उनलाई सोमबारदेखस नै लागू हुने गरी ५ दिनको म्याद लिएर थप अनुसन्धान जारी राखिएको प्रहरीको भनाइ छ।
Shares

प्रतिक्रिया