समाज


मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालखबर
असार १०, २०८२ मंगलबार १३:४६, काठमाडौँ

महोत्तरीमा मोटर साइकलको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ। जिल्लाको मनरा शिसवा नगरपालिका-१ स्थित कटैयाबाट मनरातर्फ जाँदै गरेको बीआर ३० एल ९६४३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१ बस्ने ३५ वर्षीय धनेश ठाकुरको सोमबार राति मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। 

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ भने मोटरसाइकल चालकलाई थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad