पोखरा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।
पोखरा महानगरपालिका-१७ महतगौडामा ग.११ प ४४४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा
सवार पोखरा-१७ बिरौटा निवासी ३२ वर्षीया अस्मिता राईको मृत्यु भएको हो।
सोमबार भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
3.7k
Shares

प्रतिक्रिया