समाज


विपद् प्रतिकार्यका लागि ३ ठाउँमा हेलिकप्टर तयारी हालतमा राखिएको छ : गृहमन्त्री लेखक

विपद् प्रतिकार्यका लागि ३ ठाउँमा हेलिकप्टर तयारी हालतमा राखिएको छ : गृहमन्त्री लेखक

नेपालखबर
असार १०, २०८२ मंगलबार ११:४३, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि काठमाडौँ, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारीहालतमा राखिएको बताएका छन्।

मंगलबार काठडौँमा आयोजित विपद् व्यवस्थापनमा पत्रकारको भूमिका विषय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले मुलुकका ३ स्थानका साथै अन्य ठाउँहरुमा पनि विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारीहालतमा राख्ने तयारी भइरहेको बताए।

‘आवश्यकता अनुसार हेलिकप्टर एसोसियसनसित पनि हेलिकप्टर तयारीहालतमा राख्ने विषयमा समन्वय भएको छ,’ गृहमन्त्री लेखकले भने, ‘ सिमित स्रोत साधनकाबीच विपद् प्रतिकाय एवं न्यूनीकरणका लागि सरकार लागि परेको छ।’

उनले प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, गैरसरकारी संस्था, यातायात व्यवसायी लगायत सबैले हातेमालो गरेर विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा जुट्नुपर्ने मन्त्री लेखकको जोड थियो।

विपद् खोजिम न्यनीकरण एवं व्यवस्थापन गर्ने कार्यमा पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने बताए। ‘हामी अत्यन्त ज्यादा विपद्को जोखिम भएको भूगोलमा छौं,’ लेखकले भने, ‘जुनसुकैबेला जे सुकै हुनसक्छ। बाढी, पहिरो, डुबान बारेमा पुर्वानुमान गर्न सकिन्छ तर भूकम्पका बारेमा सकिन्न। त्यसकारण हमेसा तयारी अवस्थामा बस्न जरुरी छ।’

उनले सातै वटै प्रदेशमा रहेको आपतकाली गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए। संघीय मर्म अनुकूल भएन भनेर सबै गोदाम (काठमाण्डौं बाहेक केन्द्रीय गोदामघर) बाहेक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको उनले बताए।

अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै उनले सरकारले विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि गर्नुपर्ने तयारी गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad