कारोबार


खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’

खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’

नेपालखबर
असार १०, २०८२ मंगलबार ११:४८, काठमाडौँ

नेपालको वित्तीय क्षेत्रमा नै पहिलो पटक वालेटमा रिकरिङ डिपोजिट (आरडी) खाता खोल्न मिल्ने सुविधा सुरु भएको छ। 

डिजिटल वालेट खल्तीले मञ्जुश्री फाइनान्सको सहकार्यमा ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको हो। 

यो सुविधाअन्तर्गत खल्ती प्रयोगकर्ताहरूले आफ्नो वालेटबाटै निश्चित समयका लागि निश्चित रकम नियमित रूपमा जम्मा गर्दै तोकिएको उत्कृष्ट ब्याजदरमा बचत गर्न सक्नेछन्। 

बचतमा न्यूनतम १०० रुपैयाँबाट सुरु गर्न सकिने यस सुविधामा अन्तराल  दैनिक, साप्ताहिक वा मासिक अनि बचतको अवधि ६ महिनादेखि ६० महिनासम्म छनोट गर्न सकिनेछ। 

नेपाल राष्ट्र बैंकको निर्देशिकामा आधारित रहेर सञ्चालन हुने यस खाताको ब्याजदर भने मञ्जुश्री फाइनान्सद्वारा मासिक प्रकाशित हुने आरडी ब्याज दरअनुसार नै लागू हुनेछ। प्रयोगकर्ताहरूले आफ्नो खल्ती एपमै आफ्नो डिपोजिटको स्ट्याटस ट्रयाक गर्न पाउनेछन् भने रकम मञ्जुश्री फाइनान्सको खातामा जम्मा हुनेछ।

बचतको बानी र सरल वित्तीय पहुँचका लागि यो सुविधा निकै नै उपयोगी रहने र हरेक व्यक्तिले यस ‘डिसिप्लिनरी इन्भेस्टमेन्ट टुल’ बाट लाभ लिन सक्ने कुरा खल्तीका बिजनेस पार्टनरसिप प्रमुख बसन्त दाहाल  बताउँछन् ।

“यस सहकार्यबाट सुरु गरिएको स्मार्ट डिपोजिट जस्तो नवीनतम प्रविधिले  वित्तीय कारोबारमा प्रविधि प्रयोगलाई थप व्यापक बनाउने छ”, मञ्जुश्री फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तेज राज तिमिलसिनाले भने, “खल्तीमार्फत आफ्नो वित्तीय कारोबार गरिरहनुभएका सम्पूर्ण प्रयोगकर्ताहरूले सजिलै मञ्जुश्रीमा खाता खोल्न र आफ्नो कारोबार गर्न सक्नुहुनेछ। यसले वित्तीय संस्थामा गएर खाता खोल्नका लागि खर्चनु पर्ने समय बचत हुने साथै आर्थिक कारोबार गर्न झनै सहज हुने विश्वास गरेका छौँ।”

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad