काठमाडौँमा लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार दिउँसो काठमाडौँ महानगरपालिका-१४ बल्खुमा सुमो काउन्टरमा काम गर्ने कर्मचारी तथा सवारी चालकले लागुपदार्थ सेवन गरी यात्रु र बाटोमा हिँडडुल गर्नेहरूलाई हैरानी दिएको गुनासोपछि प्रहरी अस्पतालको समन्वयमा जाँच गर्दा ८ जनालाई नियन्त्रणमा लिइएको हो।
उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी हिरासतमा भएकाहरूमा उदयपुरका प्रदीप विक, बाराका सन्तोष नेपाल, बाराकै धीरज जैसवाल, बाराकै अनुराग कुमार, तनहुँका राम गुरुङ, झापाका निलेश संग्रौला, उदयपुरका विराज कार्की, काभ्रेपलान्चोकका गोमन तामाङ छन्।
129
Shares

प्रतिक्रिया