समाज


राशिफल ६ असार: कर्कटलाई प्रेम प्रस्ताव, कन्याको आम्दानी वृद्धि, तपाईँको के?

राशिफल ६ असार: कर्कटलाई प्रेम प्रस्ताव, कन्याको आम्दानी वृद्धि, तपाईँको के?

ज्यो. मेनुका दाहाल
असार ६, २०८२ शुक्रबार ४:११, काठमाडौँ

आज शुक्रबार, ६ असार २०८२ (२० जुन २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: कार्य सम्पादनमा समस्या आउला। काम बिग्रने सम्भावना छ। मनमा दुबिधा उत्पन्न होला। साँझमा रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। अरूको मुख नहेरी निर्णय लिन सके समस्याबाट पार पाउन सकिएला।

भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा उपलब्ध छैन, वैदेशिक कार्यमा ७१ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

वृष: अरूलाई प्रभावित पारेर काम बन्नेछ। शिक्षामा सफलता मिल्ला। रमणीय र सुखद यात्राको योग छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ। पुनर्मिलनको योग छ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६१, सेयर बजारमा उपलब्ध छैन, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मिथुन: आँटे-ताकेको पूरा हुनेछ। नजिकका व्यक्तिले काममा सहयोग गर्नेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। साँझमा व्यस्तता बढ्नुका साथै सामान हराउन सक्छ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६०, सेयर बजारमा उपलब्ध छैन, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

कर्कट: रोकिएको कार्यले पूर्णता पाउनेछ। टाढिएका मित्रसँग पुनर्मिलनको योग छ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ। प्रेम प्रस्ताव आउन सक्छ। पुँजी बजारले पनि साथ दिनेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६७, सेयर बजारमा उपलब्ध छैन, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। सेतो रङको प्रयोग नगर्ने।

सिंह: मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। सुन्दरतामा धन खर्च हुनेछ। सरकारी निकायको भय रहला। आर्थिक कारोबारमा मन्दी आउनेछ। नियमित खर्चसमेत बढ्ने योग छ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा उपलब्ध छैन, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

कन्या: सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। कला र गलाको प्रभाव बढ्ला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ८१, सेयर बजारमा उपलब्ध छैन, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

तुला: परिवारका सदस्यसित भेटघाट हुनेछ। वैदेशिक कार्य सहजै अघि बढ्नेछ। सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्ला। पुँजी बजारमा गरिएको लगानीले राम्रै प्रतिफल दिनेछ। नसोचेको ठाउँबाट धनागम होला।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा उपलब्ध छैन, वैदेशिक कार्यमा ५० र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

वृश्चिक: मनमा सहयोगभाव आउला। प्रेमीले दिल खोलेर सहयोग गर्नेछन्। रमणीय र सुखद यात्राको योग छ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुनेछ। अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिएला।

भाग्यशाली रङ पर्पल र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६९, सेयर बजारमा उपलब्ध छैन, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

धनु: जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती होला। आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ। साँझमा कहीँ कतैबाट शुभ समाचार मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ४१, सेयर बजारमा उपलब्ध छैन, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

मकर: विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। भोजभतेरमा सहभागी भइएला। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। प्रेममा जीवनमा सफलता प्राप्त हुनेछ। स्वास्थ्यको ख्याल गर्नु होला।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६६, सेयर बजारमा उपलब्ध छैन, वैदेशिक कार्यमा ४८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

कुम्भ: श्रमदानमा जुटिएला। मनपर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। शुभकार्यमा सहभागी भइएला। प्रेम सम्बन्ध कसिलो हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा उपलब्ध छैन, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

मीन: न्यायिक कार्यमा सफलता मिल्नेछ। दानपुण्य जस्ता कार्यमा सहभागी भइएला। प्रेममा आत्मीयता बढेर जानेछ। पुँजी बजारले साथ नै दिनेछ। वस्त्र एवं अलंकार प्राप्ति होला। स्वादिष्ट भोजनको आनन्द पाइएला।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६४, सेयर बजारमा उपलब्ध छैन, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad