बलिउड अभिनेत्री करिश्मा कपुरका पूर्वपति तथा व्यवसायी संजय कपुरको जुन १२ मा निधन भएको थियो। निधन भएको ७ दिन पछि उनको अन्तिम संस्कार आज दिल्लीमा गरिने भएको छ।
परिवारले यस सम्बन्धमा एक प्रेस नोट जारी गर्दै जानकारी गराएको हो। संजयको अन्तिम संस्कार आज साँझ ५ बजे दिल्लीको लोधी रोड शवदाह गृहमा गरिनेछ।
यसपछि, उनको प्रार्थना सभा समारोह जुन २२ मा दिल्लीको ताज प्यालेस होटलमा साँझ ४ देखि ५ बजेसम्म आयोजना गरिनेछ।
करिश्मा कपुर आफ्ना छोराछोरी कियान र समायरासँग अन्त्येष्टिका लागि दिल्ली प्रस्थान गरेकी छिन्। साथै करिना कपुर र सैफ अली खान पनि मुम्बईबाट प्रस्थान गरेका छन्।
संजय कपूरको कम्पनी सोना कमस्टारले प्रार्थना सभाको बारेमा जानकारी दिँदै एक नोट जारी गरेको छ। प्रार्थना सभाको अन्त्यमा, संजय कपुरका आमाबाबु, श्रीमती प्रियाका साथै उनका चार छोराछोरी कियान, समायरा, सफिरा र अजारियसको नाम पनि उल्लेख गरिएको छ।
करिश्मा कपूरले सन् २००३ मा संजय कपूरसँग विवाह गरेकी थिइन्। यस विवाहबाट यी दम्पतीका दुई सन्तान थिए, छोरी समायरा र छोरा कियान। सन् २०१६ मा संजय र करिश्माले आपसी सहमतिमा सम्बन्ध विच्छेद गरे। करिश्माले बच्चाहरूको जिम्मा लिएकी थिइन्, तर सम्बन्ध विच्छेद भए पनि करिश्मा धेरै पटक संजयसँग देखिएकी छिन्। करिश्मा कपूर र संजयको विवाह सिख रीतिरिवाज अनुसार भएको थियो।
करिश्मासँगको सम्बन्ध विच्छेदपछि संजयले प्रिया सचदेवसँग विवाह गरे। संजय र प्रियाको एक छोरा अजारियस छन्।
Shares

प्रतिक्रिया