सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने कार्य योजना बनाएको छ।
मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करको अध्यक्षतामा बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, परराष्ट्र, पर्यटन, कानुन तथा निजी क्षेत्रका सरोकारवालाको आपतकालीन बैठकले यस्तो योजना भएको हो।
इरान र इजरायलबीचको युद्ध चर्कँदै गएपछि मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाको लागि सरकारले योजना बनाएको भन्दै बताए। पुष्करले भने, ‘नेपाली नागरिकहरू जुन–जुन देशहरूमा हुनुहुन्छ, सरकारी क्षेत्रबाट गर्ने सुरक्षाका प्रत्याभुतिका कुराहरू सरकारी क्षेत्रबाट गर्ने, निजी क्षेत्रबाट गर्ने, एनआरएन तथा डायस्पोराबाट गर्नुपर्ने तयारी, निजी क्षेत्रले गर्ने तयारी, वैदेशिक रोजगार मेनपावरहरुको तयारी र कसरी यो समस्यालाई सम्बोधन गर्दा नेपाली नागरिकलाई कुनै पनि समस्या पर्दैन त्यसको लागि हामी प्रो–एक्टिभ भएर नै यसको तयारी गरेका छौँ।’
आफ्ना आफ्नो तर्फबाट गर्नुपर्ने पहलकदमीको लागि परराष्ट्र, गृह र प्रधानमन्त्री कार्यालयलाई अनुरोध गरेको जिकिर गरे। उनले नेपाल आउन चाहनेहरूको लागि सहजीकरण गर्नेदेखि छिमेकी मुलुक हुँदै आउनुपर्ने वातावरण सिर्जना भएको अवस्थामा भिसा सहजीकरणको लागि अनुरोध गरेको बताए।
पछिल्लो समय मध्यपूर्वमा बढ्दै गएको तनावका कारण सो क्षेत्रमा रहेका नेपालीहरू प्रभावित भएका छन्। सरकारी तथ्यांक अनुसार इजरायलमा ५ हजारदेखि ७ हजारसम्म नेपालीहरू रहेका छन् भने इरानमा पनि दर्जनभन्दा बढी नेपाली रहेको अनुमान गरिएको छ।
Shares

प्रतिक्रिया