समाज


अवैध गोदाममा सशस्त्रको छापा, २३ लाखको कपडा बरामद

अवैध गोदाममा सशस्त्रको छापा, २३ लाखको कपडा बरामद

नेपालखबर
असार २, २०८२ सोमबार १४:१६, काठमाडौँ

वीरगन्ज महानगरपालिका–६ रेशमकोटीस्थित गोदामबाट सशस्त्र प्रहरीले झण्डै २३ लाख रुपैयाँ मूल्यको अवैध कपडा बरामद गरेको छ। 

लुकाई छिपाई राखेको अवस्थामा २२ लाख ७१ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। 

भारतबाट अवैध ढंगले ल्याएर एक घरमा लुकाई छिपाई राखेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज र भन्सार कार्यालयको संयुक्त टोलीले आइतबार साँझ छापा मारेको थियो ।

बरामद लत्ताकपडा आवश्यक कारबाहीको लागि सोमबार सशस्त्रले भन्सार कार्यालय पर्सामा बझाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad