कोरोना भाइरस ‘कोभिड १९’ का कारण अमेरिकामा गएको २४ घण्टामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ।
अमेरिकामा गएको २४ घण्टामा १७ सय ३६ जना कोरोना संक्रमितको मृत्यु भएको बीबीसीले जनाएको छ।
यससँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार ८५७ पुगेको छ। त्यहाँ कोरोना संक्रमितको संख्या भने सबैभन्दा बढी हो।
अमेरिकामा ४ लाख ५४० कोरोना संक्रमित छन्। कोरोनाको उद्गमस्थल चीनको वुहान शहरमा लगाइएको लकडाउन खोलिएको समयमा अमेरिकामा संक्रमित र मृतक दर निकै बढ्दै गएको छ।
3
Shares

प्रतिक्रिया