समाज


संघीय संसद्को सचिवमा दुराको बढुवा

संघीय संसद्को सचिवमा दुराको बढुवा

नेपालखबर
जेठ ३१, २०८२ शनिबार १९:१०, काठमाडौँ

संघीय संसद् सचिवालयमा रिक्त रहेको सचिवालय सचिव पदमा सुरजकुमार दुराको बढुवा भएको छ।

शनिबार सभामुखको अध्यक्षतामा बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।

यसअघि लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले दुई दिनअघि सुरजकुमार दुरा, मनोजकुमार गिरी र हृदयराम महर्जनलाई सचिव पदका लागि सिफारिस गरेको थियो।

सचिवालयका तत्कालीन सचिव सुदर्शन खड्काको राजीनामापछि उक्त पद खाली भएको थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad