इजरायली सञ्चारमाध्यमका अनुसार इरानले गरेको हमलामा परी इजरायलमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ।
इजरायलको विपक्षी दलका नेता यायर लापिडले तीन इजरायली नागरिकको मृत्युप्रति दु:ख व्यक्त गरेका छन्।
यायर लापिडले लेखेका छन्, ‘इजरायलका लागि यो एक कठिन रात थियो। हामी बहादुर मानिसहरू हौँ र हामीसँग बलियो सेना छ।’
उनले इजरायली नागरिकहरूलाई होम फ्रन्ट कमान्डको निर्देशन पालना गर्न आग्रह पनि गरेका छन्।
यसैबीच इजरायली रक्षा बल (आईडीएफ) ले देशको वायु सेना इरानविरुद्ध पुनः आक्रमण गर्न तयार रहेको बताएको छ।
यसअघि आईडीएफ चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल इयाल जामिर र इजरायली वायुसेना चिफ अफ स्टाफ मेजर जनरल टोमर बारले संयुक्त रूपमा वर्तमान अवस्थाबारे बताएका थिए।
उनीहरूले भनेका छन्, ‘इरान पुग्ने बाटो तयार भइसकेको छ।’
उनीहरू दुवैका अनुसार, ‘योजनाबमोजिम वायुसेनाका लडाकु विमानहरूले तेहरानका लक्ष्यहरूमा आक्रमण गर्न थाल्नेछन्।’
Shares

प्रतिक्रिया