समाज


पर्साबाट स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुईजना पक्राउ

पर्साबाट स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुईजना पक्राउ

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १८:१५, काठमाडौँ

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट सशस्त्र प्रहरीले १८ लाख नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिईएकाहरूमा सोही महानगरपालिका–२ छप्कैया बस्ने २१ वर्षीय राहुल कुमार तिवारी र बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ बस्ने ४० वर्षीय कौशल कुमार गुप्ता छन्। 

भारतबाट दुईवटा मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको सुरक्षा फौजले जाँच गर्दा उनीहरूको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको जनाएको छ।

नियन्त्रमा लिइएकामध्ये बीआर ०५ एटी ०४७५ नम्बरको मोटरसाइकलमा सवार राहुल कुमार तिवारीको साथमा १३ लाख नेपाली रुपैयाँ र ना ४६ प ९७१० नम्बरको मोटरसाइकलमा सवार कौशल कुमार गुप्ताको साथमा ५ लाख नेपाली रुपैयाँ फेला परेको हो।

बरामद रुपैयाँमा १ हजार दरको १ हजार ८२ वटा र पाँच दरको १ हजार ४ सय ३६ नोट रहेको छ। उनीहरूले उल्लेखित रुपैयाँ के प्रयोजनको लागि लिईएको हो खुलेको छैन। 

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक अनुसन्धानको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad