ad ad

समाज


अवैध हतियारसहित भारतीय जीप प्रहरी नियन्त्रणमा, जीप भित्र भेटियो वडाध्यक्षको एटीएम कार्ड

अवैध हतियारसहित भारतीय जीप प्रहरी नियन्त्रणमा, जीप भित्र भेटियो वडाध्यक्षको एटीएम कार्ड

गोकुल जोशी
चैत २५, २०७६ मंगलबार १५:३५,

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाबाट हातहतियार सहित भारतीय नम्बरको गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलवार बेलुका कृष्णपुर नगरपालिका गुलरियाबाट सशस्त्र प्रहरीको टोलीले डीएल ३ सीसीआर ३९९७ नम्बरको भारतीय जिपबाट अवैध हतियार बरामद गरिएको हो। प्वाइन्ट टु–टु एलआर एक थान, सोको बुलेट १४ गोटा, एयरगन एक थान, सोको छर्रा १९६ गोटा सहित ७६ हजार पाँच सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणका एसपी वीरबहादुर साहुले बताए।

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै देश लकडाउनमा रहेको अवस्थामा गुलरियामा रोकिराखेको भारतीय नम्बरको सो जिपमा चेकजाँच गर्ने बेला हतियार भेटिएको एसपी साहुले जानकारी दिए।

विभिन्न बैंकका सात वटा एटीएम कार्ड र अन्य कागज समेत बरामद गरिएको छ। कैलालीको गोदावरी नगरपालिका–१० का वडाअध्यक्ष रविन्द्र शाहीको एटीएम कार्डसमेत जीप भित्र भेटिएको छ।

‘कागजपत्र, एटीएम कार्ड भेटिएका छन्, हामी अनुसन्धानमा छौँ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .