हङकङमा कोरोना संक्रमित संख्या ९३५ पुग्यो

हङकङमा कोरोना संक्रमित संख्या ९३५ पुग्यो

मगेन्द्र राई
चैत २५, २०७६ मंगलबार १५:५६,

हङकङमा एक विदेशी घरेलु कामदार सहित मंगलबार साँझसम्म नयाँ २१ भाइरस संक्रमितहरु फेला परेका छन्। सो संख्यासहित हङकङमा कुल संक्रमित हुनेहरुको संख्या ९३५ पुगेको छ भने एक सम्भावित केस समेत रहेको द स्टान्डर्डले उल्लेख गरेको छ।

स्वास्थ्य संरक्षण केन्द्रका डा. चौङ शुक क्वनका अनुसार संक्रमित हुनेहरुमा १६ देखि २१ वर्ष बिचका १२ पुरुष र ९ महिलाहरु छन्। १२ मध्ये ४ जना विदेशमा अध्ययन गरिरहेका विद्यार्थी तथा संक्रमित एक घरेलु कामदार फ्रान्सबाट फर्किएकी थिइन्।

बाँकी ९ जना हङकङ बाहिर नगएको बताइएको छ। ती मध्ये ३ जना काराओके गएको र ४ जना बारसँग सम्बन्धित रहेको बताइएको छ। जसमा ३८ वर्षीय १९ हप्ते गर्भवती नेपाली महिलासमेत संक्रमित हुन सक्ने सम्भावना भएको चौङले बताएका छन्।

त्यसै गरि मंगलबारका दिन २० भाइरस संक्रमितहरु निको भै घर फर्केको कुरा अस्पताल प्राधिकरणले जनाएको छ। अहिलेसम्म कुल २३६ बिरामीहरु सफल उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भै सकेका छन्।

बिरामी सुरक्षा र जोखिम ब्याबस्थापनका प्रमुख प्रबन्धक डा सारा हो का अनुसार २ बिरामीको अवस्था गम्भीर भएकोले उनीहरूलाई आईसियुमा राखेर उपचार भै रहेको छ। समग्र ६७३ भाइरस संक्रमित बिरामीहरु १४ सरकारी अस्पतालमा उपचार भइरहेको छ।

उनले ति मध्ये १४ जना गम्भीर अवस्थामा रहेको, ५ जना चिन्ताजनक अवस्थामा र बाँकी सामान्य अवस्थामा रहेको जानकारी दिएकी छिन्।

सरकारले हालसालै भाइरस नियन्त्रण गर्न सिनेमा घर, ब्यायमशाला, अन्य मनोरन्जन स्थल, बिबिक्यु रक्याम्पिङ साइटहरु, बार, पब आदी बन्द गराए पछि संक्रमित संख्यामा केही कमि आएको छ। तथापी सरकारलाई पुरै लकडाउन गर्न समेत दवाब दिन थालिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .