समाज


कोरोनाको महामारीविरुद्ध सरकारले चालेको कदम ठीक छ : थापा

कोरोनाको महामारीविरुद्ध सरकारले चालेको कदम ठीक छ : थापा

नेपालखबर
चैत २५, २०७६ मंगलबार ९:७,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोनाको महारमारी विरुद्ध लड्न सरकारले चालेको कदम ठीक भएको बताएका छन्।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि उनले प्रधानमन्त्रीको सम्बोधनले सबै विषयलाई समेटेको बताए।

सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष थापाले प्रधानमन्त्री सम्बोधन आफूले पुरै सुनेको र सम्बोधन अनुसार नै काम हुनुपर्ने बताए।

 उनले सरकारले काम गर्ने विषयमा अझै समन्वय कमजोर रहेको र चेन अफ कमान्ड नमिलेको बताएका छन्। ‘प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सुनें। सबै विषय समेटिएका छन्। कोराना महामारी बिरुद्ध सरकारको नीति÷कदम ठिक छ। सम्बोधन अनुसार काम पनि होस्।अझै समन्वय कमजोर छ, चेन अफ कमाण्ड मिलेको छैन’, उनले ट्विटरमा लेखेका छन्।

अध्यक्ष थापाले सरकारका राम्रा निर्णयलाई जनताले साथ दिएको बताउँदै राम्रा काम गरे आगामी दिनमा पनि साथ दिने बताए। ‘अपवाद बाहेक सरकारको निर्णय÷कदमलाई जनताले साथ दिएका छन्,भोलि पनि दिनेछन्।राम्रो काम होस् जनताले साथ दिनेछन्’, उनले ट्विटरमा लेखेका छन्।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र आगामी योजनाबारे प्रधानमन्त्री ओलीले मंगलबार बिहान देशवासीका नाममा सम्बोधन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad