आज (जेठ २५, आइतबार) राति देशका केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार राति कोसी प्रदेशलगायत देशका पहाडी भेगमा मौसम आंशिक बदली हुनेछ भने बाँकी स्थानमा मुख्यतया सफा रहनेछ।
यस क्रममा राति कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
साथै कोसी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ।
5.6k
Shares

प्रतिक्रिया