समाज


आयल निगम गण्डकी प्रदेश प्रमुख दाससहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा

आयल निगम गण्डकी प्रदेश प्रमुख दाससहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
जेठ २५, २०८२ आइतबार १७:५७, काठमाडौँ

नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय गगनगौंडा कास्कीका प्रादेशिक प्रमुख चितरंजन दाससहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।

डिपो प्रमुख दाससमेतको मिलेमतोमा बिलमा उल्लेख भएको भन्दा बढी परिमाणमा पेट्रोलियम पदार्थ डिजेल सप्लाई गरी ४ लाख ४८ हजार ५२५ रुपैयाँ ८२ पैसा सार्वजनिक निकाय नेपाल आयल निगमको सम्पत्तिको हिनामिना, हानिनोक्सानी तथा दुरूपयोग गरेको पुष्टि भएको अख्तियारको दाबी छ।

सो सम्बन्धी उजुरीमा अनुसन्धान हुँदा दाससमेतले टैंकट्रकमा १२,००० लिटर पेट्रोलियम पदार्थको अर्डर स्वीकृत भएपश्चात पश्चिमाञ्चल ट्रेड्रसले नेपाल आयल निगमको खातामा आईपीएस गरेर पैसा जम्मा गरेपछि बिल भौचर तयार भई पेट्रोलियम पदार्थ लिन पठाएकोमा डिप र शिल गर्ने जिम्मेवारीमा रहेका डिलर्स एशोसिएशनको प्रतिनिधि जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाटसँगको मिलेमतोमा बदनियत राखी सिसि क्यामरा बन्द गरी मिति१५,०३८ लिटर लोड गरेको उल्लेख छ।

पोखरा महानगरपालिका वडा नं. २७ डाँडाको नाकमा सो ट्यांकर नियन्त्रणमा लिई चेकजाँच गर्दा बिलमा उल्लेख भएभन्दा बढी ३ हजार ३८ लिटर डिजलको प्रतिलिटर डिपोएक्स मूल्य १ करोड ४७ लाख ६३ हजार ८५२।– अनुसार जम्मा ४ लाख ४८ हजार ५२५रुपैयाँ ८२ दुरूपयोग गरेको अख्तियारको भनाई छ।

सो बमोजिम नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय गगनगौंडा कास्कीका प्रादेशिक प्रमुख चितरंजन दास, कास्कीको तालचोक स्थित पश्चिमाञ्चल ट्रेडर्स तथा उक्त कम्पनीका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरी पेट्रोलियम एसोसियनका तत्कालीन प्रतिनिधी जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाट तथा ट्याकर नं. ग २ ख ८३६नम्बरको ट्याङ्कर चालक निर्मल थापासमेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad