मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ७ मा एक ८९ वर्षीया वृद्धाको शव फेला परेको छ।
सुनसरी मोरङ सिँचाई आयोजना अन्तर्गतको राम जानकी मन्दिर छेउको नहरमा ८९ वर्षीय तिलमाया खड्का मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
शनिबारदेखि बेपत्ता भएकी वृद्धा आइतबार दिउँसो १ बजेतिर नहरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुडालले जानकारी दिइन्।
नहरमा घोप्टो परेको अवस्थामा शव फेला परेको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको उनले जानकारी दिइन्।
वृद्धा मानसिक रूपमा अस्वस्थ रहेको समेत प्रहरीले जनाएको छ।
42
Shares

प्रतिक्रिया