समाज


राशिफल २३ जेठ : मीनको काममा बाधा, कुम्भलाई सामान चोरीको भय, तपाईँको के?

राशिफल २३ जेठ : मीनको काममा बाधा, कुम्भलाई सामान चोरीको भय, तपाईँको के?

ज्यो. मेनुका दाहाल
जेठ २३, २०८२ शुक्रबार ४:३७, काठमाडौँ

आज शुक्रबार, २३ जेठ २०८२ (६ जुन २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: चिताएको कामले तीव्रता लिनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। पुँजी बजारले साथ देला। नयाँ कामको थालनी हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। पुनर्मिलनको योग छ।

भाग्यशाली रङ सेतो र अङ्क ६१% रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। कालो रङको प्रयोग नगर्ने।

वृष: शुभारम्भको चर्चा चल्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। भक्ति र सेवाभाव बढेर जानेछ। रोकिएका कामको पुन: योजना बन्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७५, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। विद्यार्थी वर्गको पढाइमा मन नजान सक्छ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक नहोला। घरमा अतिथिको आगमन हुनेछ। अतिथिबाट पाइने सल्लाह अर्थपूर्ण रहला।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४२, वैदेशिक कार्यमा ४४ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट: दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। रमणीय र सुखद यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

सिंह: नयाँ कार्यको योजना बन्ने र शुभ कार्यमा सरिक भइनेछ। नजिकका व्यक्तिबाट सहयोग पाइएला। सरकारी निकायबाट सहयोग मिल्नेछ। सफल यात्रा हुनेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। कार्य सम्पादनमा सहजता मिल्ला।

भाग्यशाली रङ सेतो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

कन्या: अधुरो कार्य सहजै सम्पादन हुनेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। बन्धु बान्धवबाट सहयोग होला। अर्थ बजारबाट लाभ नै हुनेछ। प्रेम र मित्रताको बन्धनमा रमाउने समय छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४४, वैदेशिक कार्यमा ५६ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

तुला: सहकर्मीबाट विरोध आउन सक्छ। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च बढ्नेछ। सानातिना समस्यामा अल्झिनु पर्ला। पुँजी बजारले साथ नदिने देखिन्छ। आफन्तको साथ र हौसला मिल्नेछ।

भाग्यशाली रङ कालो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ४५, वैदेशिक कार्यमा ५५ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहको स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको ईर्ष्या नगर्ने।

वृश्चिक: खानपिनको विविध परिकार खान पाइनेछ। धार्मिक यात्राको योग छ। नयाँ ठाउँ घुमघामको योजना बन्नेछ। आर्थिक क्षेत्र सफल रहला। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। प्रेम जीवन सफल रहला।

भाग्यशाली रङ खैरो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५१, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। चलाखीपूर्ण बोलीले काम बन्नेछ। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ। आफन्तबाट साथ, सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रसम्बन्धी काम सकारात्मक रहनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ७२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

मकर: मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। मनोरञ्जनमा सहभागी भइएला। नयाँ क्षेत्रमा लगानीको वातावरण बन्नेछ। प्रेमीको सहयोगमा नयाँ काममा हात हालिएला। आहारविहारमा भने सावधानी अपनाउनु पर्ने देखिन्छ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ: घर व्यवहारको समस्याले सताउनेछ। सामान हराउने वा चोरी हुने भय छ। प्रेमीसँग पनि असमझदारी बढ्न सक्छ। राजनीतिक कार्यमा सफलता पाइएला। नयाँ कार्यको योजना बन्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४०, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

मीन: गर्न लागेको काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ। आत्मबल बढाएर गर्नु होला। धर्म, संस्कृति तथा रीतिरिवाज जोगाउने कार्यक्रममा सहभागिता हुनेछ। कृषि र धार्मिक कार्यहरू सम्पन्न हुनेछन्।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad