समाज


नचलेका ५७ वटा आधारभूत अस्पताल साउनदेखि सञ्चालन गर्ने तयारी

नचलेका ५७ वटा आधारभूत अस्पताल साउनदेखि सञ्चालन गर्ने तयारी

फाइल तस्बिर: स्वास्थ्यमन्त्री प्रदीप पौडेल


नेपालखबर
जेठ २२, २०८२ बिहिबार १२:१७, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्रोत अभावका कारण सञ्चालन हुन नसकेका ५७ वटा आधारभूत अस्पतालहरु आगामी साउनदेखि सञ्चालन गर्ने तयारी गरेको छ।

मन्त्रालयले निर्माण पूरा भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका आधारभूत अस्पताललाई सञ्चालन गर्ने तयारी गरेको हो।

मन्त्रालयले मापदण्डका आधारमा आधारभूत अस्पताललाई जनशक्ति, औजार-उपकरण, औषधी तथा रिएजेन्टसलगायत अत्यावश्यक संशाधनको व्यवस्थापन गर्न स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कार्ययोजना तयारी अघि बढाएका हुन्।

मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ निर्माण गरिसकेको छ।

यसका लागि मन्त्री पौडेलले मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका छन्।

कार्यदलले सरकारले गर्ने सहयोगबारे कार्ययोजना बनाउनाका साथै ती अस्पतालमा प्रदेश तथा स्थानीय तहको भूमिकाबारे समेत स्पष्ट पार्न सघाउनेछ।

मन्त्रालयले यस्ता अस्पतालको निर्माण तथा सञ्चालनका लागि आगामी वर्षका लागि करिब एक अर्ब बजेट छुट्टाएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad