कारोबार


नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली

नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली

नेपालखबर
जेठ २२, २०८२ बिहिबार १२:२२, काठमाडौँ

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन्।

बैंकको २२ गते बसेको सञ्चालक समितिको ६८२औँ बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो।

यसअगाडि बैंकको कार्यकारी प्रमुखमा ज्ञानेन्द्र ढुंगाना थिए। राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा सामेल हुन उनले बैंकको सीईओबाट राजीनामा दिएका थिए।

त्योसँगै सञ्चालक समितिले ज्ञवालीलाई कामु सीईओको जिम्मा दिएको थियो।

सञ्चालक समितिले बिहीबारबाटै लागू हुने गरी उनलाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको कम्पनी सचिव भीष्म नेउपानेले जानकारी दिए।

ज्ञवालीसँग नेपाल राष्ट्र बैंक र अन्य धेरै वाणिज्य बैंकहरुमा काम गरेको अनुभव छ। चार्टर्ड एकाउन्टेन्ट्स समेत रहेका उनले बैंकिङ र पुँजीबजार क्षेत्रमा २६ वर्षको अनुभव संगालेका छन्। राष्ट्र बैंक, ग्लोबल आईएमई बैंक, ग्लोबल आईएमई क्यापिटल र ज्योति विकास बैंकमा मुख्य भूमिका निर्वाह गरेको नबिल बैंकले उल्लेख गरेको छ। 

उनको नेतृत्वमा नबिल बैंकले अझ सशक्त रुपमा आफूलाई स्थापित गर्ने विश्वास लिएको छ। 

सञ्चालक समिति बैठकले सीईओमा ज्ञवालीबाहेक डेपुटी सीईओमा आदर्श बजगाई र कम्पनी सचिवको जिम्मेवारी कानुन विभागमा प्रमुख रहेका भीष्म न्यौपानेलाई दिइएको बैंकले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad