आज बिहीबार, २२ जेठ २०८२ (५ जुन २०२५)। हेर्नुस् आजको राशिफल-
मेष : धन आर्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा हुनेछ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
भाग्यशाली रङ पर्पल र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६९, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
वृष : आजको दिन उत्साहवर्धक रहला। विशिष्ट व्यक्तिको सहयोग मिल्ला। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीको दर्शन गर्ने। भरसक लामो यात्रा नगर्ने।
मिथुन : मनमा शङ्का र दुविधा उत्पन्न होला। व्यक्तिगत कार्यमा मन रमाउनेछ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। सानातिना बाधा आइलागे पनि काम भने रोकिने छैन। प्रतिस्पर्धीले रिस गरे पनि बिगार गर्न सक्ने छैनन्।
भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४५, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ६७ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो वा सेतो रङको प्रयोग नगर्ने।
कर्कट : नयाँ काम पाइनेछ। विद्या र बुद्धिको विकास हुनेछ। नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुन सक्छ। रमणीय र सुखद यात्राको योग छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ। साँझमा भने सुन्दरतामा धन खर्च हुन सक्छ।
भाग्यशाली रङ आकासे र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
सिंह : सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ। इष्टमित्र एवम् साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। कुनै कामविशेषले यात्रा हुन सक्छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।
भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६३, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
कन्या : चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। मानसिक चिन्ता हटेर मन हलुका हुनेछ। पराक्रम बढ्नेछ। धन आर्जनका नयाँ स्रोत भेटिने छन्। बैंक ब्यालेन्समा बढोत्तरी हुनेछ। पेटको समस्याले भने पिरोल्न सक्छ।
भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
तुला : झन्झटिलो काममा संलग्न हुनुपर्नेछ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। व्यापार व्यवसायबाट त्यति फाइदा नहोला। कसैबाट केही काम लिँदा धैर्यपूर्वक लिनुपर्ने देखिन्छ। साँझमा लाभमूलक काम हुनेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३६, व्यापारमा ५६, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
वृश्चिक : एकअर्काको भावना बुझेर काम गर्नसके दाम्पत्य जीवन सुमधुर रहनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्रेम जीवनमा सफलता हात पर्नेछ। जोसजाँगर बढ्नुका साथै शरीर स्वस्थ रहनेछ। कुनै कामविशेषले यात्रा गर्नुपर्ला।
भाग्यशाली रङ पहेँलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ४०, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ६३ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
धनु : नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। मनमा नयाँ काम गर्ने विचार आउन सक्छ। स्वास्थ्य राम्रै रहनेछ र शरीर फुर्तिलो बन्नेछ। परिवारको खुसीका निम्ति केही खर्च हुन सक्छ।
भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६५, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ७० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
मकर : विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रसन्न रहनेछ। सन्तान सुख मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सुरु गर्ने मौका छ। आर्थिक क्रियाकलापमा नसोचेको फाइदा हुन सक्छ।
भाग्यशाली रङ घ्यू रङ र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ८०, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
कुम्भ : अप्रिय समाचारले मन खिन्न बनाउनेछ। व्यवसायमा सोचेजस्तो लाभ नमिल्ला। पुँजी बजारमा उल्झन आउन सक्छ। प्रेम सम्बन्धमा पनि विवाद आउने देखिन्छ। न्यायिक फैसला आफ्नै पक्षमा आउला।
भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।
मीन : महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन्। आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यावसायिक क्षेत्र सफल रहनेछ। रमणीय र सुखद यात्राको योग छ।
भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६७, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५० र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। उत्तर दिशा नजाने।
Shares

प्रतिक्रिया