संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यको लागि युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया (अन्समिल) मा तैनाथ स्पेसल गार्ड युनिट अन्तर्गत भगवती प्रसाद गुल्म (शान्ति सेना) छैटौँ डफ्फा स्वदेश फर्किएको छ।
सो मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी ११५ जना नेपाली शान्ति सैनिकहरु प्रमुख सेनानी विश्वनाथ तिमल्सिनाको नेतृत्वमा आज जेठ २० गते स्वदेश फिर्ता भएका छन्।
उक्त डफ्फालाई बदली गर्नका लागि नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौँ डफ्फाका ११५ जना शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी रामकृष्ण बस्नेतको नेतृत्वमा जेठ १९ गते मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।
हाल उक्त मिसनमा नेपाली सेनाका २३२ जना शान्ति सैनिकहरू कार्यरत छन्।
852
Shares

प्रतिक्रिया