काठमाडौँ उपत्यकामा आज पनि सशस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
सार्वजनिक सवारी साधन नचल्दा अप्ठ्यारोमा परेका यात्रुको सहजताको लागि सशस्त्र प्रहरी बलले आज दुईवटा बस संचालन गरेको हो। हिजो पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेका थिए।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट संचालन हुने एउटा बस स्वायम्भु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म पुग्ने छ।
अर्को बस स्वयम्भू, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्ने सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकलाई गन्तव्यसम्म पुर्याउनको लागि बस सेवा सञ्चालन गरिएको उनले बताए।
Shares

प्रतिक्रिया