मनसुन भित्रिएसँगै देशभर बाढीले क्षति गर्ने जोखिम बढेको छ। त्यसो त कोसी प्रदेशमा बाढीले सडक नै भत्काइसकेको छ।
यसैबीच जल तथा मौसम विज्ञान विभागअन्तर्तगको बाढी पूर्वानुमान महाशाखाले बाढीको खतराबारे जानकारी दिन सुरु गरेको छ।
यसै क्रममा बाढी महाशाखाले शनिबार बिहान बाढीसम्बन्धी सतर्कता जारी गरेको छ।
जसमा लेखिएको छ, ‘आगामी ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै कमला, बागमती, पूर्वीराप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पूर्वानुमान भए पनि बढ्दो हुने रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाईराखौँ। कन्काई नदीमा जलसतह सतर्कता तहनजिकै रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाऔँ।’
विस्तृत जानकारी तल:


1.4k
Shares

प्रतिक्रिया