ad ad

समाज


कोरोनाबाट भारतमा एकै दिन १८ को मृत्यु, संक्रमितको संख्या ४२ सय नाघ्यो

कोरोनाबाट भारतमा एकै दिन १८ को मृत्यु, संक्रमितको संख्या ४२ सय नाघ्यो

नेपालखबर
चैत २४, २०७६ सोमबार ३:५३,

भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट आइतबार एकै दिन १८ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणले ग्रस्त उनीहरुको उपचारको क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ।

अहिलेसम्मको तथ्यांक अनुसार कोरोनाबाट भारतमा १ सय १७ जनाको मृत्यु भइसकेको छ। आइतबार एकै दिन भारतमा सात सय भन्दा धेरै कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

संक्रमितको संख्या ४२ सय ८८ पुगेको छ। अहिलेसम्म ३ सय २८ जना उपचारपछि निको भएका छन्।

संक्रमितको संख्या बढ्दै गएपछि भारतमा परीक्षणको दायरा पनि बढाइएको छ। कोरोना संक्रमण बढ्न नदिन भारत सरकारले देशभर तीन साताको लागि लकडाउन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .