समतामूलक सुसंस्कृत समाजको लागि छुवाछूत तथा भेदभावविरुद्ध राष्ट्रिय अभियान चलाइने भएको छ।
यसका लागि सामाजिक मिलन तथा अन्तरघुलन कार्यक्रम सञ्चालन गर्ने अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेका छन्।
आर्थिक वर्ष २०८२-०८३ को बजेट संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै उनले जानकारी दिएका हुन्।
‘हरेक वर्षको जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाइनेछ,’ पौडेलले भने।
24
Shares

प्रतिक्रिया