कर्णाली


कर्णालीसहित तीन प्रदेशमा उच्च मूल्यका कृषि बालीको प्रवर्द्धन गरिने

कर्णालीसहित तीन प्रदेशमा उच्च मूल्यका कृषि बालीको प्रवर्द्धन गरिने

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १६:२८, सुर्खेत

संघीय सरकारले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ८० स्थानीय तहमा उच्च मूल्यका कृषि बाली खेतिलाई प्रवर्द्धन गर्ने भएको छ।

बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त कार्यक्रमका लागि ८३ करोड बजेट व्यवस्थापन गरिएको जानकारी दिए।

कृषिमा आधुनिकिकरण, कृषिमा रुपमान्तरण योजना अन्तर्गत तीन प्रदेशका मध्य तथा उच्च पहाडी जिल्लाका स्थानीय तहमा उत्पादन हुने उच्च मूल्यका बालीको खेति प्रवर्द्धनसँगै बजारीकरण गरिने अर्थमन्त्री पौडेलले बताए। 

यस्तै, संघीय संसदको संयूक्त बैठकमा अर्थमन्त्री पौडेलले प्रदेश तथा स्थानीय तहका लागि दुई अर्ब ४१ अर्ब ४१ करोड विनियोजन गरिएको जानकारी दिए। प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस अनुसार प्रदेशका लागि ६० अर्ब ६६ करोड र स्थानीय तहका लागि ८८ अर्ब ९७ करोड हस्तान्तरण गरिने अर्थमन्त्री पौडेल बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad