समाज


कास्की केन्द्रबिन्दु भएर भूकम्प

कास्की केन्द्रबिन्दु भएर भूकम्प

नेपालखबर
जेठ १४, २०८२ बुधबार १२:१७, काठमाडौँ

कास्की केन्द्रबिन्दु भएर बुधबार बिहान भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ११:५६ बजे कास्कीको फुलिबाङ आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। 

यत्तिको भूकम्पले खासै क्षति गर्ने सम्भावना नहुने भूकम्पविद् बताउँछन्। 

यसअघि जेठ ९ गते मात्र बैतडीको सदरमुकाम खलङ्गा केन्द्रबिन्दु ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

त्यसअघि यही जेठ ६ गते पनि कास्कीकै सिनुवा आसपास केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad