समाज


आज ११५ नतिजा नेगेटिभ, ५० जनाको परीक्षण जारी

आज ११५ नतिजा नेगेटिभ, ५० जनाको परीक्षण जारी

नेपालखबर
चैत २३, २०७६ आइतबार १४:२३,

नेपालमा कारोना जँचाउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। दिनमै सयभन्दा बढीको नतिजा आउन थालेको छ। 
यसै क्रममा आज (आइतबार) ११५ जनाको नमुना (स्वाब) परीक्षणको नतिजा आएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आजका नतिजा सबै कोरोना नेगेटिभ अर्थात् नभएका छन्। यो गरेर अहिलेसम्म नेपालमा कोरोना परीक्षण गराउनेको कूल संख्या १६ सय ५६ पुगेको छ। 
जसमध्ये ९ जनालाई मात्रै कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 
मन्त्रालयले आइतबार अपराह्न आफ्नो वेवसाइटमा गरेको अपडेटअनुसार आइतबार आएका ११५ रिपोर्टमध्ये सबैभन्दा बढी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ८८ नतिजा आएको हो। 
काठमाडौं उपत्यकाबाहिर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ९, सुर्खेत प्रादेशिक अस्पतालबाट १२ र सेती प्रादेशिक अस्पतालबाट ६ जनाको रिपोर्ट आइतबार आएका हुन्। 
आइतबारै ५० जनाको रिपोर्ट आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ। 
आजसम्म आएका कूल परीक्षणको नतिजामध्ये १५ सय २० वटा नेगेटिभ अर्थात् कोरोना भाइरस नदेखिएका छन्। 
हेराैँ आइतबार स्वास्थ्य मन्त्रालयले गरेकाे काेराेना अपडेट:
 Screenshot 31

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .