समाज


३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २२ र २४ वर्षका युवकको मृत्यु, अर्का गम्भीर घाइते

३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २२ र २४ वर्षका युवकको मृत्यु, अर्का गम्भीर घाइते

नेपालखबर
जेठ १३, २०८२ मंगलबार ८:११, काठमाडौँ

नवलपरासी पूर्वमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ।  

दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी मधु नेपालले जानकारी दिए। 

‘दुर्घटनामा मध्यविन्दु- ७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही ठाउँका २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको हो,’ डीएसपी नेपालले नेपालखबरसँग भने, ‘दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो।’

दुर्घटनामा पश्चिम नवलपरासीको बर्दाघाट नगरपालिका-५ घर भई चोरमारामा बस्दै आएका २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन्। 

उनलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको नेपालले बताए। 

मंगलबार बिहान करिब ६ बजे अम्रराबाट चोरमारा आउँदै गरेको लु ९ प ८११६ नम्बरको मोटरसाइकल मध्यविन्दु नगरपालिका-७ अम्रसा जंगलको भित्री सडकमा दुर्घटनामा परेको हो। 

‘साइन मोटरसाइकलमा तीन जना सवार रहेछन्,’ डीएसपी नेपालले भने, ‘तीव्र गतिको कारण मोटरसाइकल चिप्लिएर दुर्घटना भएको अनुमान हामीले गरेका छौँ। थप अनुसन्धान जारी छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad