समाज


‘ह्वाइट गुम्बा’ अस्थायी रूपमा बन्द

‘ह्वाइट गुम्बा’ अस्थायी रूपमा बन्द

नेपालखबर
जेठ १०, २०८२ शनिबार २१:५४, काठमाडौँ

काठमाडौँस्थित ‘ह्वाइट गुम्बा’ भनेर चिनिने ‘ड्रक अमिताभ पर्वत’ आइतबारदेखि अस्थायी रूपमा बन्द हुने भएको छ।

अत्यधिक भीड, गर्मीका कारण स्वास्थ्य समस्या र सामाजिक सञ्जालमार्फत फैलिएको भ्रमपूर्ण सूचनाहरूले यस्तो कदम चाल्नुपरेको गुम्बा प्रशासनले जानकारी दिएको छ।

गुम्बाले शनिबार ‘अत्यधिक जनसमूह’ गुम्बा परिसरमा उपस्थित भएको बताएको छ। यहाँ गत जेठ ३ गतेदेखि ‘१०० मिलियन अमिताभ बुद्ध मन्त्र जप’ नामक कार्यक्रम सुरु भएको थियो। यसकै कारण यहाँ भीड बढेको बताइएको छ।

यसका साथै, गुम्बा प्रशासनले सामाजिक सञ्जाल-विशेष गरी ‘टिकटक’मार्फत फैलाइएको गलत सूचनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। 

‘टिकटक वा अन्य सामाजिक सञ्जालका व्यक्तिहरूले यस्ता सामग्रीहरू भाइरल बन्न, ध्यान आकर्षित गर्न, वा मनोरञ्जनका लागि पोस्ट गर्छन्, तर उनीहरूलाई ती कार्यको गम्भीर परिणामको आँकलन गर्ने क्षमता हुँदैन,’ प्रशासनले जनाएको छ।

जनस्वास्थ्य, सुरक्षा र आध्यात्मिक अनुशासनलाई प्राथमिकतामा राख्दै यो निर्णय गरिएको प्रशासनले जनाएको छ। ‘तपाईंहरूको समझदारी र साथप्रति हामी आभारी छौं। सुरक्षित र व्यवस्थित अवस्थामा फेरि भेट्ने आशा राख्दछौं,’ सूचनामा उल्लेख छ।

यो गुम्बा बौद्धमार्गीहरुको प्रमुख धार्मिक केन्द्रहरू मध्ये एक हो, जसले विश्वभरिका ध्यानी र आध्यात्मिक साधकहरूलाई आकर्षित गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad