पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार गएका छन्। उनी शनिबार नाति हृदयेन्द्रलाई लिएर नारायणहिटी गएका हुन्।
पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका अनुसार हृदयेन्द्रले हजुरआमा रत्नलाई भेट्ने इच्छा गरेपछि ज्ञानेन्द्र नारायणहिटी गएका हुन्।
सपरिवार नारायणहिटी पुगेका ज्ञानेन्द्रका साथमा डा. जगमान गुरुङ पनि थिए।
राजतन्त्र अन्त्य भएपछि ज्ञानेन्द्र पहिलोपटक नारायणहिटी दरबार पुगेका हुन्।
गणतन्त्र आएपछि राजपरिवारका सबै सदस्यले दरबार छोडे पनि रत्नाले भने त्यही रहने इच्छा व्यक्त गरेकी थिइन्।
सरकारले पनि उनको इच्छालाई सम्मान गर्दै नारायणहिटीमै बस्न अनुमति दिएको थियो।


2.2k
Shares

प्रतिक्रिया